पुस १३, काठमाडौँ – आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरिया स्थित दूतावासले अनुरोध गरेको छ। दूतावासले २०२० नोभेम्वर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरू लाई राहदानी बुझिलिन भनेको हो।
नयॅा राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) र बिल लिई राजदूतावासमा आउन दुतावासले भनेको छ।
यसरी हुलाक मार्फत (थुंगि) रेजिष्टर मेल गरेर दूतावासको ठेगानामा शुल्क तिरेर पठाउन सकिने छ।
दूतावासका अनुसार,यसरी पठाउँदा आवेदकको ठेगानामा पठाउन लाग्ने हुलाक शुल्क थप ३,०००।- कोरियन वोन लाग्ने भएको हो । बच्चाको हकमा बुवाको राहदानीको प्रतिलिपी चाहिने छ।
हुलाक मार्फत थुंगी (थेक्पे) गर्दा आफुले पाउने ठेगाना र फोन नं. लेखेर पठाउन र राहदानी पाइसके पछि १० दिन भित्र ईमिग्रेसन अफिस गएर नयॅा राहदानी नं. परिवर्तन गराउन नेपाली दूतावासले भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।