दिपक बोहरा, तुलसीपुर २३ पुस ।
लमहीका तुकाराम पौडेलले ५ बिगाह क्षेत्रमा माछा पालेका थिए । स्वर्गद्धारी कृषी फर्म सञ्चालन गरेर करिब २० लाख लगानीमा माछा पालन गरिरहेका थिए । उनको असारमा बर्षा संगै आएको बाढीले ३ बिगाह क्षेत्रफलमा पालन गरेका माछालाई बगायो । उनले तीन बिगाह क्षेत्रफमा पालन गरेका माछा बगाएपनि उनी पछुताउनु परेन् । किनकी उनले किसानको सुरक्षाका लागि सारकारले थालिएको कृषि बिमा गरेका थिए । यस्तै अकस्मात आईपर्ने क्षतिले गर्दा किसानहरु मर्कामा नपरुन भनी ल्याईएको कृषि बिमा बारे उनले बेलैमा जानकारी लिए र बिमा पनि गरे । बिमा गरेपछि उनलाई १० लाख रुपैयाँ क्षतिपुर्ति दियो ।
अहिले सरकारले उपलब्ध गराएको त्यही रकमले क्षति भएको माछा पोखरी निर्माण गरिरहेका छन् । ‘सरकारले कृषि बिमा गर्न थाले देखि हामी जस्ता ब्यबसायीक किसानलाई सहज बनाएको छ ।’उनले भने ‘ सरकारले थालेको बिमाकै कारण मैले क्षति भएको माछा पोखरी निर्माण शुरु गर्ने अबशर पाए ।’
तर अहिले पनि धेरै किसानहरुले कृषि बिमा बारे जानकारी नपाउँदा ठुलो क्षति ब्यहोरिरहेको उनको भनाई छ । अझै पनि प्रचार प्रसारको अभाबका कारण अधिकांस किसानसामु कृषि बिमा पुग्न नसकेकोे जिल्ला कृषि बिकास कार्यालय दाङका प्रमुख दिपक कुमार शर्माले बताए । उनले भने ‘रोग, किरा र प्राकृतिक प्रकोपको चपेटामा परेर कृषकहरुको लगानी गुमाइरहेकै बेला उनीहरुलाई राहत होस भनेर सुरु गरिएको कार्यक्रम उनीहरुकै पहुँचमा पूग्न नसक्नु विडम्वना हो ।’ कृषि बिमाले परम्परागत खेती बाट आधुनिक खेती गर्न प्रेरणा प्रदान गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले स्वीकार गरे । उनका अनुसार किसानहरु पनि बिमाका बारेमा कुनै चासो नराख्दा पनि बिमा गर्ने किसानहरुको संख्या उल्लेख्य रुपमा बढ्न नसकेको हो । ‘कृषि बिमाका फाईदाका बारेमा किसानहरुलाई जानकारी नै नहुँदा, यस्तो समस्या निम्तिएको हो’ उनले भने ।
दाङमा चालु आर्थिक बर्षको पाँच महिनामा च्याउ तीन वटा फर्म, केरा एउटा, तरकारीमा दुई वटा फर्म र एउटा सहकारी गरी ७ वटा फर्मले मात्रै कृषि बिमा गराएका छन् । मुलुक नयाँ संरचनामा गई सकेपछि कृषिको उचित ब्यबस्थापन हुन नसक्दा कृषि बिमा प्रभाबकारी रुपमा सञ्चालन हुन नसकेको जिल्ला कृषि बिकास कार्यालय दाङका बागबाणी अधिकृत धनराज गौतमले बताए । ‘कृषि बिमाको जिल्ला भर मैले हेर्दै आएको थिए, म स्थानीय तह ( तुलसीपुर उपमहानगरपालिका ) मा खटिए’ उनले भने ‘ त्यस पछि बिमा हेर्ने मान्छे कोही भएन्, यसले गर्दा पनि बिगतका बर्षहरु भन्दा यस बर्ष थोरै किसानले मात्रै कृषि बिमा गराएका छन् । अर्को तर्फ प्रचार प्रसारको अभाबमा बिगतका बर्षहरुमा पनि कृषि बिमा गराउनेको संख्या उल्लेख्य नभएको उनले बताए । अब स्थानीय तहले कृषि बिमालाई प्रभाबकारी रुपमा सञ्चालन गर्न ध्यान दिनुपर्ने बताए । उनले भने ‘स्थानीय तहले कृषि बिमा प्रभाबकारी बनाउन ध्यान दिनुपर्छ ।’ गत बर्ष चैते धानमा ६८, माछा बिमा २९ र तरकारी, केरा, फलफुल, आलु गरी ५० जना किसानले कृषि बिमा गरेको गौतमले बताए । दाङमा २०६८ सालको जनगणना अनुसार कुल जनसंख्याको दुई तिहाई घर परिवार कृषि पेशामा संलग्न भएपनि कृषि बिमा गर्नेको संख्या भने निकै न्युन छ । कृषि बिमा कार्यक्रमबारे कृषकहरुले चासो नदिनु , सरोकार वाला निकाएहरुले त्यसको फाईदाको वारेमा जानकारी दिन नसक्नु जस्ता कारणहरुले गर्दा कृषि विमा प्रभाबकारी रुपमा सञ्चालन हुन कठिनाई भएको जिल्ला कृषि बिकास कार्यलय दाङका बालि संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताए ।
न्यूनतम एक कट्ठा जमिनमा खेती गर्ने किसानले आफ्नो खेतीमा लाग्ने लागतको पाँच प्रतिशत प्रिमियम बुझाएर बाली बिमा गर्न सक्छन् । त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था छ । सरकारले आर्थिक बर्ष २०७०÷ ०७१ को साउन देखी कृषि बिमा कार्यक्रम सञ्चालन गरेको हो । बाली तथा पशु बिमा निर्देशिका २०६९ जारी गरी सरकारले जिल्ला कृषि विकास कार्यालयलाई लागू गर्न निर्देशन दिएको थियो । सरकारले गरेको अपेक्षा अनुसार देशभरनै कृषि बिमा प्रभाबकारी रुपमा संचालन हुन सकेको छैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।