एनआरएन कतारको पहलमा ५५ जना नेपालीलाई हवाईटिकट गराइ नेपाल फिर्ता



हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट गराइ नेपाल फिर्ता भएका छन् ।
एनआरएन कतार, नेपाली ब्यबसायी संघ कतारको पहलमा अहिलेसम्म ५५ नेपाली नेपाल फिर्ता भैसकेका छन् ।

कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागी नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागी हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार छैटौं चरणमा २५ डिसेम्बर २०२० का दिन अर्बिन्द कुमार बिराजि- धनुषा २७ डिसेम्बर २०२० का दिन अब्दुल करिम शेख- कपिलवस्तु , अब्दुल रहिम शेख- कपिलवस्तु , अख्तर हुसेन मुसलमान- रुपेन्देही र मुहमद सबिर- रुपेन्देही लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको सबैमा जानकारी गराउदै हाल सम्म यो समितिले कुल ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ती गराएको गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतार अध्यक्ष मोहमद मुक्तदाले जानकारी दिए ।

मुक्तदाले अलपत्र परेका नेपालीलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका पदाधिकारीहरुलाइ धन्यवाद ब्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्