१४पौष,काठमाण्डौ। जनता समाजबादी पाटीका युबा नेता गणेश कुवरले बिप्लब नेतृत्वको नेकपाले काठमाण्डौ बुढानिलकण्ठ नगरपालीका ९ मण्डीखाटारमा २०७६।११।११६ गते भएको घटनामा आफनो संलग्नता भनी जारी गरीएको प्रेष बिज्ञप्ती तथ्यहीन भएको बताएका छन। काठमाण्डौ मण्डीखाटार स्थीत मनोहरराज घिमीरेको घरमा गत साल फाल्गुण १६ गते करीब चार बजे तिर भएको आक्रमणमा आफनो कुनै संलग्नता नभएको कुवरले फेसबुकमा स्टाटस लेख्दै बताएका छन। उनले भनेका छन,‘बिप्लब नेकपाको उक्त बिज्ञप्तीलाइ आधार मानी केही मिडीयाहरुले एकतर्फी रुपमा कुनै जानकारी बिना समाचार सम्प्रेषण गरीएको प्रती आपत्ती प्रकट गर्दै आफुलाई बदनाम गर्ने कुत्सीत मनसायले प्रेरीत रहेको बताएका छन। कुवर लेखछन ,‘उक्त मण्डीखाटार घटनामा आफनो कुनै संलग्नता नभएको सत्य ,तथ्य छानबिनको लागी सहयोग गर्ने र आफूमाथी लगाईएको निराधार आरोपको लागी न्यायीक निकायमा जान बाध्य हुने छु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।