ट्रकको ठक्करबाट लमहीमा एकबालक गम्भीर घाईते



टेकबहादुर पुन

दाङ । लमहीमा ट्रकको ठक्करबाट एक बालक गम्भीर घाईते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा मँगलबार दिउँसो २ बजे ट्रकको ठक्करबाट ५ बर्षिय जेनिस पुन मगर घाईते भएका हुन । दाङको घोराही बाट महेन्द्र नगर जाँदै गरेको ना ६ ख ९८२७ नम्बरको ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । गढवा गाउँपालिका अन्तरगत निवासी बालक अध्ययनका लागि कप्तानगञ्ज मामा घरमा बस्दै आएका थिए ।

बालकको टाउकोमा गम्भीर चोट लागेको बुझिएको छ । उनको अहिले लमही अस्पतालमा उपचार भईरहेको पारिवारीक श्रोतले बताएको छ ।
ट्रक र चालक प्रेमलाल चौधरी अहिले प्रहरीको नियन्तरणमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्