संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन



काठमाडौं ।१४ पुस,  प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

६ प्रदेशमा जिल्ला जिल्लामा प्रदर्शन गरेको यो समूहले बागमती प्रदेशमा भने राजधानीमा मात्र प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शन मानिएको प्रदर्शनका लागि प्रदेशका विभिन्न जिल्लाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो

राजधानीको विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो ।

प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइएको थियो भने पुतलीसडकसम्म प्रदर्शनमा सहभागी नेता कार्यकर्ता बसको थिए । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन्

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्