हामी फुट्यौं, कांग्रेस ठूलो पार्टी बन्छः दाहाल



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले औपचारतकरुपमा नभएपनि व्यवहारिक रुपमा पार्टी विभाजित भैसकेको बताएका छन् ।

सोमबार एक टेलिभिजनसितको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । अन्तर्वार्ताका क्रममा उनले अब पार्टी एकीकृत हुने सम्भावना नरहेको पनि स्पस्ट पारे । नेपाल भ्रमणमा रहेको चिनियाँ उपविदेशमन्त्रीको टोलीले पार्टी एकीकृत राख्न दिएको दबाबका बारेमा सोधिएको प्रश्नमा उनले चिनियाँ टोलीले पार्टी एकीकृत राख्न आफूलाई दबाब नदिएको पनि प्रस्ट पारे ।

अर्को एक प्रसंगमा उनले आफूलाई चीनको भन्दा पनि भारत वा यूरोपियन मुलुक वा अमेरिकाको अलिक बढी आशा वा विश्वास रहेको उल्लेख गरे ।

अन्तवार्ताका क्रममा दाहालले प्रधानमन्त्री ओलीको समूहलाई आफूहरुले जितिसकेको दाबी गरिरहँदा यदि मध्यावधि चुनाब भइ नै हालेमा नेपाली कांग्रेस देशको ठूलो पार्टी हुने तथ्य स्वीकारेका छन् ।

उनले मध्यावधि चुनाब भए पहिलो र ठूलो पार्टी नेपाली कांग्रेस भए पनि त्यही पार्टी बराबरको हैसियत आफूहरुको पार्टीको हुने पनि उनले जिकिर गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्