विदेशबाट नेपालमा पैसा पठाउने सजिलाे तरिकाहरु के छन्



बिदेशमा रहनुभएका जो कोहीका लागि महत्वपुर्ण जानकारी र आधार बन्न सक्छ। कतिपय मानिसहरु भरपर्दो माध्यम नपाएर समस्या परिरहेको हुन्छ त्यसको सबैभन्दा सजिलो तरिका हेर्नुहोस।

विदेशबाट नेपालमा पैसा पठाउन के के तरिकाहरु छन् ?

विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ ।
रेमिटेन्स कम्पनीका उदाहरणहरु Western Union : Money Transfer, IME, MoneyGram आदि हुन् र बैंक खाता भन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ ।
रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्‍त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ ।
फाराममा पैसा प्राप्‍त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्‍त गर्न सकिन्छ ।
बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्‍त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तराष्‍ट्रिय सञ्‍चाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्‍त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तराष्‍ट्रिय कोड जसलाई स्विफ्ट कोड SWIFT (Society for Worldwide Interbank Financial Telecommunication) Code भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्‍नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ ।

पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्‍ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्