टरिगाउँ एयरपोर्टमा पाँचौ पटक हवाई सेवा शुरु



तुलसीपुर २३ पुस ।
टरिगाउँ एयरपोर्टमा पाँचौ पटक आज आईतवार हवाई सेवा शुरु गरेको छ । राप्तीको सबैभन्दा पूरानो विमानस्थल दाङको टरिगाउँ विमानस्थलमा पाँचौ पटक उडान शुरु भएको हो् । समिट एरलान्सले आईतबार एक बजे पहिलो उडान भरेको हो । पहिलो पटक काठमडौंबाट उपप्रधानमन्त्री कृष्ण बहादुर महरा, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, प्रदेश नं. ६ का प्रदेशसभा सदस्य प्रकाश ज्वाल, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसहितको टोलीले उदघाटन गरेका थिए । एयरपोर्टमा पाँचौ पटक उडान भरेसंगै यहाँका बासिन्दा हर्सित भएका छन् ।


पटक पटक बिभिन्न निकायबाट पहल थालिएपनि हवाई सेवा सञ्चालनमा आउन सकेको थिएन् । कच्ची धावन मार्ग भएको भन्दै ५ वर्ष पहिले टरिगाउँ एरपोर्टको धावनमार्ग कालोपत्रे गरिएकोथियो । धावनमार्ग कालोपत्रे भएपनि दाङमा नियमित उडान हुन सकेको थिएन ।
नियमित उडानका लागि इन्धन नभएको भन्दै इन्धन डिपो हुनुपर्ने र इन्धन आपूर्ती हुनुपर्ने भन्दै कुनै पनि एरलाइसले सेवा दिन मानेका थिएन्न ।

समिट एयरले भने तुलसीपुर उपमहानगरपालिकाले यात्रु र इन्धनको व्यवस्था मिलाई दिने सर्तमा नियिमित हवाई सेवा सुरु गरेको हो ।
निजी विमान कम्पनी समिट एयरले व्यवसायिकरुपमा उडान भर्न सुरु गरेको एरलाइन्सका निर्देशक मनोज कार्कीले वताए । तुलसीपुर टरिगाउँको हवाई सेवाका लागि काडमाडौं ( तुलसीपुर र तुलसीपुर (काठमाण्डौ हप्तामा दुइ दिन आइतवार र शुक्रवार उडान हुने छ। नियमित उडानको सुरुवाती गरेको एयरलान्स परिवार, यात्रु र चालकदलका सदस्यहरुलाई नगरको तर्फबाट एरपोर्टमै भब्य स्वागत गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्