प्रदेश १ सेमिफाईनलमा, गण्डकीलाई पछार्दै बागमती बिजयी



टेकबहादुर पुन दाङ । लमहीमा जारी प्रधामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तरगत वुधबार भएको खेलमा बागमती प्रदेश र प्रदेश १ बिजयी भएका छन् । बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको हो । दोस्रो खेलमा जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएका गण्डकीले २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनायो ।

गण्डकीकि कप्तान शीला रेग्मी क्षेत्री ५० बलमा १ चौका सहित २६ रनमा स्टम्पिङ आउट भईन । सृष्टि पौडेल ४४ बल खेल्दै २ चौका सहित ३० रनमा क्याच आउट भइन । चौथो ओभरको पहिलो बलमा सुमन खतिवडाले ओपनर पुर्णता शाहीलाई २ रनमा बोल्ड आउट गर्दै टिमलाई पहिलो सफलता दिलाइन ।

पाँचौं ओभरको पाँचौं बलमा प्रमिला बानियाँलाई कप्तान अस्मिना कर्मचार्यले २ रनमा बोल्ड आउट गरिन । तेस्रो विकेटका लागि शीला र सृष्टिले ६० रनको साझेदारी गरिन । निसा तामाङको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा सृष्टि विन्दा कटवालबाट क्याच आउट भइन । निसा तामाङ, आरती बिडारी, सुमन खतिवडा र अस्मिना कर्मचार्यले १–१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।

बागमतीकी ओपनर विन्दा कटवालले ५८ बलमा ३ चौका सहित सर्वाधिक ३८ रनको योगदान दिइन । विन्दाको यो राष्ट्रिय प्रतियोगितामा डेब्यू खेल हो । युवा अलराउन्डर सुमन खतिवडाले २६ बलमा ४ चौका सहित ३१ रनको योगदान दिइन । बागमतीले गण्डकीविरुद्ध ओपेनिङ जोडीलाई परिवर्तन गर्दै अस्मिता खरेलको स्थानमा विन्दालाई ओपेनिङ पठाएको थियो ।

ओपनर विन्दा र कन्चन श्रेष्ठले पहिलो विकेटका लागि १०.२ ओभरका लागि ७६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरिन । कन्चन विन्दासँग राम्रो तालमेल गर्न नसक्दा २७ रनमा रन आउट हुन पुगिन । कन्चनले २९ बलमा १ चौका प्रहार गरिन । १८ औं ओभरमा एलिसा लामिछानेले सुमन र विन्दालाई आउट गरिन । चौथो बलमा सुमन एलपिडब्लू आउट हुन पुगीन । लगत्तै अर्को बलमा विन्दा अन्जली विश्वकर्माबाट क्याच आउट भइन । आरती बिडारी ६ बलमा २ चौका सहित १० रनमा अविजित रहिन । कप्तान अस्मिना कर्माचार्य ८ रनमा रन आउट भइन । एलिसा लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन । गण्डकीका अन्य ६ बलर भने विकेट बिहिन रह्यो ।

>>>प्रदेश १ को लगातार जीत!!!

प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हांसिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हांसिल गर्ने क्रममा प्रदेश १ ले बुधबारको पहिलो खेलमा सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्यो । यो जित सँगै प्रदेश नम्बर १ ले सेमिफाईनलको यात्रा तय गरेको छ । खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । टिमले संघर्षमय जित हांसिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन । निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान दिइन । बलिङतर्फ सुदुर पश्चिमका लागि दिपा जोराले २ तथा कविता कुवँर र कविता जोशीले १–१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

सुरुवात देखि खराब ब्याटिङ गरेको सुदुर पश्चिमका लागि कविता जोशी बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहदै १४ रन बनाइन भने ओपनर ब्याटर रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहदै ९ रनको योगदान गरिन । बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन ।

आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन । यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले पनि १–१ विकेट हात पारे । यसअघि समूह ‘बी’ मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो । सुदुर पश्चिमको यो पहिलो हार हो । सुदुर पश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो । समूह ‘बी’ मा सुरुवाती दुबै खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ सेमिफाइनलमा पुगेको छ ।

सुरुवाती दुई खेलमा १–१ खेल जितेका सुदूरपश्चिम र बागमतीको २–२ अंक छ । सुरुवाती दुबै खेल हारेको गण्डकी सेमिफाइनल यात्राबाट बाहिरिएको छ । बिहिबार समूह ‘बी’ का अन्तिम दुई खेलले समूह विजेता र उप विजेता निर्धारण गर्नेछ ।

बिहिवार हुने पहिलो खेलमा सुदूरपश्चिम र बागमती भिड्नेछन् । जसमध्य बिजेता टिम सेमिफाइनमा पुग्ने छ । त्यस्तै दोस्रो खेलमा प्रदेश १ र गण्डकी बिच प्रतिष्प्रधा हुनेछ । समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । सेमिफाइनल पुष १८ र फाइनल पुष १९ गते हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्