स्थानीयको विरोध पछि सुर्खेत विमानस्थल विस्तारको लागि जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ । स्थानीयले विरोध जनाएपछि जग्गा अधिग्रहणको कार्य तीन दिनमै रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।
पुस ९ गतेदेखि लगत संकलनको काम सुरु भएको थियो । विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले लगातार विरोध गरेपछि लगत संकलनको काम रोकिएको नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेश पन्थिले जानकारी दिनुभयो ।
स्थानियको विरोधले गर्दा हामीले काम तत्कालका लागि रोकेका छौं प्रमुख पन्थीले भन्नुभयो ।हामिले तत्काल स्थानीय सङ्ग छलफल गर्छौं अनि लगत संकलनको काम अगि बढाउछौं । विमानस्थलको दिगो विकासका लागि सरकारले विकल्प खोज्नुपर्ने स्थानीयको माग छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।