जातीय बिभेद गर्नु असैंबधानिक होइन र माफी मागेर पुग्छ माधब कामरेडज्यु?



संविधान बन्यो , जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऎन ( २०६८ ) बन्यो , नेपाललाई छुवाछूत मुक्त रास्ट्र घोषणा (२०६३) मा गरियो ।
आज पनि जातीय भेदभाव र छुवाछूत कायम छ , धारापधेरा, मन्दिर र सार्बजनिक स्थलमा हुने छुवाछूतबाट हरेक दिन जस्तो दलित समुदायका दिदिबहिनी , आमाबुबाहरु अपमानित छन् , भेदभाव भोगिरहेका छन् ।
अर्कोतिर अन्तरजातीय बिवाहा गर्दा हत्या भएका दलित युवा र परिवारको संख्या पनि झन बढदै गएको छ।
तथाङ्क र घटनाले पनि के देखाउछ भने दलित समुदाय अहिले पनि जातीय विभेद र छुवाछूत जस्तो अमानवीय व्यबहारको सिकार भैरहेको छ यानीकि छुवाछूत र विभेद कम भएको छैन ।
उदाहरणको लागि काभ्रेको अजित मिजारको लास काठमाडौको टिचिङ अस्पतालमा सडेर बसेको छ ।अजितले २०७२ असारमा काभ्रेमै ब्रामण थरकी युवतीसंग प्रेम बिवाहा गरेका थिए जसको कारण बिवाहा गरेको ६ दिनमा नै अजितलाई हत्या गरि धादिङको गजुरीमा एउटा ठाटिमा लास झुन्डाइदिएको थियोे ।
जुन आरोपित अभियुक्तहरु २५ हजार धरौटीमा छुटे ।
नबराज हत्याकाण्डका आरोपित अभियुक्त एक पछि अर्क गरि धरौटीमा छुट्नुले पनि बुझ्न सकिन्छ कि जातीय विभेदबाट सिर्जित घटनामा पीडित परिवारले कति न्यायको महसुस गर्न सके ?
यहाँ अहिले पनि गाउँघरको बिहेमा छुट्टै गुन्द्रीमा टपरीमा अलग गरि दलितहरुलाइ खाना दिएको कुरा मात्र होईन ।
यहा त राज्यका उच्च निकायमा राज गर्ने कामरेडज्युहरुले समेत खुलेलाम सार्बजनिकरूपमा नै अन्तरवार्ता दिदा दलित समुदायलाई लक्षित गरि यो समुदायलाइ हेप्ने , खिल्ली उडाउने , अपमान गर्ने पहिले देखीका थेगो , उखानहरु अहिले पनि प्रयोग गर्दै आएको छन् ।नेपालको संबिधानले कुनै पनि जात , धर्म , लिंगका आधारमा विभेद गर्न पाइने छैन भनी स्वीकार गरेको छ ।
२०६८को जातीय भेदभाव तथा छुवाछूत ऎनमा समुदायको आत्मसमानमा चोट पुग्ने बिभेद जन्य शब्द , उखान , टुका प्रयोग गरे पनि त्यसलाई जातीय विभेद अनुसार अपराध मानिएको छ ।
यति हुदाहुदै पनि जनताको मतबाट निर्वाचित सासद ,पुर्ब प्रधानमन्त्रीले जातीय विभेद जन्य उखान प्रयोग गर्नु कतिसम्म जायज छ ?
समुदायले बिश्वास गरि चुनेका प्रतिनिधि र दलित समुदायको भोटबाट जितेका सासद मन्त्रीबाट खुलेलाम उपहास, खिल्ली हुन्छ भने कसरी मूल्याकंन गर्न सकिन्छ ।
खोक्रो र आदर्शका भासणमा दलित समुदायको लागि म सधैं तप्पर छु भन्ने अनी आफ्नो सोचलाई बदल्न नसक्ने ?
समुदायलाई हेर्ने दृस्ठिकोण फेर्न नसक्ने ?
पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले बोलेको उखानलाई हामीले सामान्य रूपमा लिएका छैनौ र फेसबुकमा माफी माग्दैमा हामीले राहतको महसुस गरेका छैनौ ।
जातीय विभेद कानुनी रूपमा अपराध हो , संविधान बिपरीत हो ।आज संविधान बनाउने र कानुनी बनाउन सहमति गर्ने तपाईंहरुले कानुन हातमा लिने र संविधान बिपरित गर्न र बोल्न छुट छैन ।
प्रतिनिधि सभा विघटन सबिधान बिपरित भयो अनि तपाईं माइतीघर मन्डलामा ” हामी यहाँ छौँ ” भनी धर्ना दिनु भो ।
आज तपाईंले बोलेका यी अभिव्यक्ति के नेपालको संविधान मा बोल्न छुट छ ? कि संविधान र कानुन बिपरित छ ?
हो बोल्दा चिप्लिन्छ , चिप्लिदा पनि यहि समुदायलाई होच्याउने उखान नै किन आउँछ ?
किन कि तपाईं भित्रको सोच चिप्लिएको हो ।
त्यसैले आफ्नो सोच बदल्नुस् , हेराइ बदल्नुस् । तपाइको बौद्धिकताको स्तरलाई मापन गरेको छ यो पनि हेक्का गर्नु होला ।
हामी धेरै सहेका छौ र सहनशिल छौ ।
हाम्रो समुदायमा आकाश जस्तो फराकीलो छाती छ , समुन्द्र जस्तो शान्त मन छ त्यसैले हामी यो समाजमा द्वन्द होइन समानता चाहन्छौ र शान्त छौं ।
जब अन्याय र अत्याचारको सिमा नाघ्छ तब बिस्फोट हुन्छ ।
त्यो बिस्फोट नहोस् त्यसैले बिस्फोट हुनुभन्दा अगाडि जातीय बिभेदको अत्यन्त होस् ।                                                           सरु सुुनार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्