गैरआवासीय कुवेतमा रहेका नेपालीका लागि महत्वपूर्ण सूचना



पुस १६, काठमाडौँ – कुवेत सरकारले हालसालै गैरआवासीयको लागि यस्तो निर्णय गरेको हो। आवासीय कानून उल्लङ्घनकर्ताहरूको वैधानिकता कायम गर्ने समयावधि थप गरेको छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले वैधानिकता कायम गर्ने समयावधि एक महिना थप गर्ने निर्णय गरेको हो ।

यसअघि ११ नोभेम्बर २०२० मा सरकारले कुवेतको आवासीय कानून उल्लङ्घनकर्ता विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ती जान १ डिसेम्बर २०२० देखि ३१ डिसेम्बर २०२० सम्म जरिवाना तिर्ने समयावधि तोकेको थियो ।

नयाँ निर्यणानुसार उक्त अवधि १ जनवरी २०२१ बाट शुरू हुने गरी एक महिना थप गरिएको कुवेत सरकारले जनाएको छ । थप गरिएको अवधिभित्र आवासीय कानून उल्लङ्घनकर्ता विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम नगरे कुवेत सरकारको कानून अनुसार कारबाही गरिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै उक्त अवधिमा वैधानिक हुन् नसके आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट (Deport) गरिने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्