ट्याक्टर र जिप एक आपसमा ठोकिएर दुर्घटना



पुस १६ सुखड
जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडको चोकमा ट्याक्टर र जिप एक आपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनामा परि मानविय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय सुखडका नायब उपरीक्षक सागर बोहराले बताउनु भयो ।

पुर्ब बाट आइरहेको जिप र पश्चिम बाट आइरहेको ट्याक्टर दुर्घटना भएको हो । से २ त ९५१ नम्बरको ट्याक्टर र बा १४ च ४७९७ नम्बरको जिप एक एक आपसमा ठोक्किएको हो ।

उहाका अनुसार दुर्घटना हुनेमा ट्याक्टर चालक घोडाघोडी नगरपालिका १ सुखडका हुन् भने जिप चालक टिकापुरका रहेका छन् ।जिप भने सडक भन्दा तल खसेको छ भने ट्याक्टर सडकमै रहेको छ । ट्याक्टरको अगाडिको टायर टुटेर खसेको छ भने जिपको अगाडिको भाइजर फुटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्