रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जना घाइते



पुस १६, रोल्पा । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर-५ पोबाङमा टिप्पर दुर्घटना हुँदा चलाक हरि चौधरी घाइते भएका हुन् ।

जलजला कन्ट्रक्सनको १ क ७८८२ नम्बरको टिप्पर सुलिचौर-पोबाङ -थबाङ मोटरबाटोको माटो फाल्ने क्रममा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पोबाङका प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्तीमगरले जानकारी दिए ।

टिप्पर झण्डै १५ मिटर तल खसेको छ । दुर्घटनामा टिप्पर चालक चौधरी सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक घर्तीमगरले जानकारी दिए । उनलाई थप उपचारको लागि सुलिचौर लगिएको छ ।

दुर्घटनालगत्तै ईलाका प्रहरी चौकी पोबाङ र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको टिमले उद्धार गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्