जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ



सैघाली खबर,
काठमाडौँ २३ पुस। नेकपा ९एमाले०का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताएका छन् ।

सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उनले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउन जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गरे । ‘अद्यावधिक निर्वाचन भइसकेपछि मुलुकलाई तार्किक निष्कर्षमा पु¥याउने काम गर्नुपर्छ,’ उनले भने, ‘लोकतान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन भएपछि मत परिमाण सार्वजनिक गर्नुपर्दछ ।’

पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप पनि लगाए । सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताए ।

प्रदेश सांसदलाई प्रदेश मुकाममा नभएर काठमाडौँमा नै शपथ खुवाउने काम सरकारले गरिरहेको भन्दै त्यसले सम्बन्धित प्रदेशका सांसद र जनताको भावनाविपरीत हुने तर्क गरे । नेता नेम्वाङले प्रतिनिधिसभा अगाडि राष्ट्रियसभा गठन भए संघीय संसद्मा महिलाको ३३ प्रतिशत नपुग्ने जिकिर गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्