सोतीहत्याकाण्ड – “न्याय मार्न पाइदैन” भन्दै माइतीघरमा धर्ना



रुकुम जाजरकोट हत्याकाण्ड- नबराज सहित ६ जना युवाको हत्याको हत्यारालाई सख्त कारवाहीको माग गर्दै आज विभिन्न राजनीतिक पार्टीका भातृसंगठन , नागरिक समाजको आयोजनामा काठमाडौको माइतीघर मन्डलामा धर्ना तथा खबरदारी बिरोधि कार्यक्रम भएको छ । गत जेष्ठ १० गते नबराज बिक सहित गणेश बुढा , सन्जु बिक , गोबिन्द शाही , लोकेन्द्र सुनार , टिकाराम सुनारलाई हत्या गरि भेरी नदिमा फालिएको थियोे । एक गैरदलित युवतीसगको प्रेम र बिवाहाबाट सिर्जित यो घटना इतिहास कै नरसंहारको रूपमा दलित समुदायले लिएका छन् । घटनामा पक्रिएका ३४ जना मध्ये ४ जनालाई रुकुम जिल्ला अदालत , ४ जनालाई उच्च अदालत सुर्खेतबाट धरौटीमा छुटिसकेका छन् । बाकी रहेका मध्ये आज सर्बोच्च अदालतमा थुन छेकको बहस चल्दैछ ।

मृतकका परिवार पनि आफ्ना छोराको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौ आएका छन् । एक पछि अर्को आरोपितहरु धरौटीमा छुटिरहदा कतै हामीले न्याय नपाउने हो कि भनि पीडित परिवार त्रसित छन् । न्याय सबैको लागि समान हो , हत्यारालाई कारवाही होस् भन्दै आज सर्बोच्च अदालतबाट उचित फैसलाको लागि धर्ना दिएका छन् ।

धर्नाका तस्बिरहरु

.:

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्