तुलसीपुर ७ बासीले वडा कर्याालय सार्न नदिने



सैघाली खबर,
तुलसीपुर २३ पुस ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालय सार्न लागिएको प्रति स्थानीय बासिन्दा आन्दोलित बनेका छन् । अहिले खर्चवामा वडा कार्यालयको आफ्नै भवनमा भएपनि त्यहाँबाट अन्य ठाउमा वडा कार्यालय सार्न लागेको प्रति त्यहाँका बासिन्दा आक्रोसित भएका छन् ।

आफ्नै भवन हँुदाँ हुँदै पनि भाडा तिरेर वडा कार्यालय अन्यत्र सार्न खोज्नु वडाको बजेट दुरुपयोग गर्ने मनासय भएको उनीहरुको भनाई छ । कार्यालयको आफ्नै भवन हुँनुका साथ सबै वडाबासीको केन्द्रबिन्दुमै रहेको भएपनि ब्यक्तिगत फाईदाका लागि वडा कार्यालय सार्न लागेको समेत त्यहाँका बासिन्दाले आरोप लगाएका छन् । वडा कार्यालयले वडा सार्न भनी गरेको निर्णय तत्काल नसच्चाए जस्तो सुकै आन्दोनल गर्न सक्ने समेत चेतावनी दिएका छन् ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्