प्रदेश ५

एम्वुलेन्स विहिन राप्ती उप–क्षेत्रिय अस्पताल

By थाहा अनलाइन

June 08, 2017

गिरिराज नेपाली

जेष्ठ २५ , दाङ । राप्ती उप–क्षेत्रिय अस्पताल लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने चर्चा चलिरहेका वेला अस्पतालमा एउटा पनि एम्वुलेन्स छैन । भएको एउटा पनि वर्षौ देखी विग्रिएर थन्किएको छ ।

अस्पताल संग रहेको बा १ झ ६४७८ नम्वरको एउटा एम्वुलेन्स विग्रिर थन्कीएको वर्षाै वितिसक्यो । तर अस्पताले हाल सम्म एम्वुलेन्स सेवा संञ्चालन कुनै चाँसो देखाएको छैन । जस कारण सर्वसाधरणहरु निजि एम्वुलेन्स सेवाको मंहगो मुल्यको चेपटामा परेका छन । राप्ती उप–क्षेत्रिय अस्पताल राप्ती अञ्चलकै सेवा सुुविधा सम्पन्न् अस्पतालका रुपमा नागरिकहरु लिन गरेका छन । तर अस्पताल संगै एउटा पनि एम्वुलेन्स नहुदा नागरिकहरु निजि एम्वुलेन्स सेवा लिन वाध्य छ । राप्ती उप–क्षेत्रिय अस्पताल घोराहीका मेडिकल सुपरी टेण्डेन डा. जर्नाधन पन्थीले संञ्चालनमा रहेको एम्वुलेन्स विग्रिंए पछि सेवा नै वन्द भएको वताए । उनले भने ‘एम्वुलेन्स छ । तर चालु अवस्थामा छैन । ’ संञ्चालन गर्ने तयारीमा छौ । एम्वुलेन्स विग्रिएको वर्षाै भयो । तर अहिले सम्म अस्पतालले एम्वुलेन्स सेवा संञ्चालनका लागि कुनै चाँसो नदिए पछि विग्रिएकै वहानामा सेवा वन्द भएको हो । डा. पन्थीले भने ‘ पटक –पटक वनाउदा धेरै खर्च लाग्ने भएकाले नयाँ खरिदको प्रक्रियामा छौ । दुई पटक एम्वुलेन्स खरिदका लागि टेण्डर आह्वान ग¥यौ । तर टेण्डर नै नपरेकाले एम्वुलेन्स सेवा सुरु गर्न नसकेका उनले वताए । उनले भने ‘स्वास्थ्य मन्त्रालयको मौखिम जवाफ एउटा एम्वुलेन्स पठाउने तयारी गरेको खवर पाएका छौ । तर कहिले सम्म आउने हो त्यो थाहा छैन ।

 घुमेर दिन विताउछन चालकहरु

एम्वुलेन्स चालकका रुपमा राप्ती उप–क्षेत्रिय अस्पतालमा हाल दुई जना चालकहरु छन । तर उनीहरु एम्वुलेन्स नहुदा उनीहरु दिनभर नै अस्पताल वरीपरी घुमेर दिन विताई रहेका छन । एउटा एम्वुलेन्स थियो । तर त्यो पनि अहिले नल्चने अवस्थामा थन्किए पनि उनीहरु दिनभर अस्पताल वरीपरी नै घुमेर दिन विताउने गरेका छन । करिव ३ वर्ष देखी विग्रिएर एम्वुलेन्स थन्किएपछि उनीहरु घुमेर नै दिन विताई रहेका पाईन्छ ।