दाङमा मंगुर माछा जफत गरि खोलामा किन गाडियो ?



दाङ । तुलसीपुरका सर्वसाधारणबाट मंगुर जातको माछा जफत गरि प्रहरीले नष्ट गरेको छ ।

बिहीवार बेलुका तुलसीपुरका तीनवटा माछा पसलमा छापा मारेर प्रहरीले साढे चार सय केजी मंगुर जातको माछा जफत गरि पातुखोलाको बगरमा लगेर गाडेर नष्ट गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित फिरोज मियाले घर भित्र निर्माण गरेको पोखरीबाट २ सय केजी, सोही ठाउँकै मोहन नेपालीको युबम माछा पसलबाट २ सय केजी र सोही वडाकै डब्लु मियाले घर भित्र टिनको बाकसमा राखेको थप ५० केजी माछा जफत गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

माछा किन जफत गरिएको हो ? भन्ने प्रश्नमा डिएसपी सिंहले नेपालमा मंगुर माछा पाल्न तथा बिक्रि बितरण गर्न प्रतिबन्ध लगाइएको हुँदा नष्ट गर्नु परेको बताए । ‘ मंगुर माछाले अरु माछाहरु सबै खाइदिन्छ भनेर प्रतिवन्ध लगाइएको रहेछ,’ डिएसपी सिंहले भने ‘ मैले बाँकेस्थित भन्सार कार्यालयमा बुझ्दा नेपालमा मंगुर माछा बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको हुँदा त्यो तत्लका जफत गर्न सल्लाह दिइएको थियो ।’

भन्सार कार्यालयको सल्लाह अनुसार केही माछा पसलमा मंगुर माछा पाइएको हुँदा जफत गरि नष्ट गर्नु परेको डिएसपी सिंहले बताए । नेपालमा प्रतिबन्ध लगाइएको मंगुर माछा छिमेकी देश भारतवाट लुकाई छिपाई ल्याएर बिक्रि वितरण गर्दै आइएको भन्ने सर्वसाधारणको गुनासो र सूचनाका आधारमा प्रहरी छापा मारेर माछा जफत गरेको प्रहरीले जनाएको छ ।

माछा जफत गरि मागेको व्यबसायीहरुले भने प्रहरीले पूर्व सूचना बिना नै आफुहरुले पैंशा हालेर किनेर ल्याएको माछा नष्ट गरिदिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्