एपिएफ र प्रदेश १ फाईनलमा, लुम्बिनी ९ विकेटले पराजित



दाङ । लमहीमा जारी प्रधामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको फाईनलका लागी एपिएफ र प्रदेश १ भिड्ने छन् ।

सनिबार भएको पहिलो सेमिफाईनल खेलमा एपिएफले सुदुर पश्चिमलाई पछार्दै फाईनलको स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ्ग थालेको सुदुर पश्चिमले पूरा १६ ओभर खेल्दै ७ विकेटको क्षतिमा ६० रणको योगफल तयार गर्यो ।

सुदुरका लागि कबिता जोसी बाहेक अन्य ब्याट्सम्यान खासै चलेनन् । जोसीले टिमलाई जित दिलाउन २ चौकाको मद्दतमा सर्बाधिक २२ रणको योगदान दिईन । त्यस्तै रेउती धामीले २२ बल खेल्दै १ चौकाको मद्दतमा १२ रण बनाईन भने कबिता जोशीले २५ बलमा ९ रणको योगदान दिईन । उनै ३ जना ब्याट्सम्यान बाहेक सुदुरका लागि अन्य ब्याट्सम्यान खासै चलेनन् ।
बलिङ तर्फ एपिएफका लागि करुणा भण्डारीले ४ ओभरमा ११ रण खर्चेर ३ विकेट हात पारिन । त्यस्तै सरिता राना मगरले ३ ओभरमा १५ रण खर्चिँदै १ विकेट प्राप्त गरिन् ।

६१ रनको बिजयी लक्ष्य सहित मैदानमा उत्रेको एपिएफले १५ ओभरको समाप्ती सँगै १ विकेटको क्षतीमा लक्ष्य भेटायो । एपिएफलाई जित दिलाउन ज्योती पाण्डेले ३८ बल खेल्दै १ चौकाको मद्दतमा सर्बाधिक २६ रणको योगदान दिईन । ज्योती सँगै ओपनर आएकि सीता राणा मगर १७ बल खेल्दै १ चौकाको मद्दतमा ७ रनमै क्याच आउट भएपछी सरिता मगर मैदानमा उत्रिईन । सरिताले नै एपिएफलाई जित दिलाउन ज्योती सँग साझेदारी गरिन । सरिताले ३५ बल खेल्दै १ चौकाको मद्दतमा १९ रणको योगदान दिईन ।

सुदुरका लागि कबिता कंवरले ४ ओभर बलिङ गर्दै १२ रण खर्चिएर १ विकेट हात पारिन । कबिता बाहेक अन्य कसैले विकेट हात पार्न भने सकेनन् ।
सनिबारको पहिलो सेमिफाईनल खेल हुस्सुका कारण १६ ओभरमा छोट्याईएको थियो ।

घरेलु टिम लुम्बिनी प्रदेश ९ विकेटले पराजित

सनिबार भएको दोस्रो सेमिफाईनल खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश लाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ्ग थालेको लुम्बिनी प्रदेशले १४.१ ओभरमा अलआउट हुँदै जम्मा ५२ रणको योगफल तयार गर्यो । लुम्बिनीका लागि नितु भण्डारी र सर्मिला मगर बाहेक अन्य कुनै ब्याट्सम्यान खासै चलेनन् । ओपनर गिता गोसाईं र सरस्वती घर्ती मगरको तालमेल नमिल्दा २ रणमै सरस्वती रण आउट हुन पुगेपछि लुम्बिनिले ठूलो क्षतीको सामना गर्नुपर्यो । ठूलो योगफल तयार गर्ने उद्देश्य सहित ब्याटिङ थालेको लुम्बिनीले ६ विकेट रणआउट बाट नै गुमायो । ठुलो योगफल खडा गर्ने लक्ष्य भने लुम्बिनीले आश मारेन । ४ विकेट समाप्ती सँगै कडा योगफल तयार गर्ने लक्ष्य सहित मैदानमा उत्रिएकि लुम्बिनी प्रदेशकि कप्तान नेरी थापा शून्य रणमै एलबिडब्लु आउट भएपछि लुम्बिनीले ठूलो योगफलको आश भने गुमाउनु पर्यो । कप्तान नेरी थापा १ बल डट खेल्दै दोस्रो बलमा आउट भएपछी शून्य रणमै पेभिलिएन फर्किईन । लुम्बिनिका लागि नितु भण्डारीले ३० बल खेल्दै १ चौकाको मद्दतमा २१ रणको योगदान दिईन । त्यस्तै सर्मिला मगरले १९ बलमा ७ रणको योगदान गरिन भने लक्ष्मी चौधरीले ६ रण बनाईन । दोहोरो साझेदारी गर्न नसक्दा नै लुम्बिनी प्रदेशले लज्जासपद हार ब्यहोर्नु परेको हो ।
सरस्वती घर्ती, नितु भण्डारी, स्वस्तिका बजगाँई लाई प्रदेश १ कि सँगित राईले रणआउट गराएपछी लुम्बिनिलाई ठूलो झट्का पर्यो ।

बलिङ तर्फ प्रदेश १ का सँगिता राई र निग्मा तामाङले समान २/२ विकेट हात पारे । निग्माले नै लुम्बिनी प्रदेशकि कप्तान नेरी थापालाई आफ्नो ओभरको दोस्रो बलमै एलबिडब्लु आउट गरेकि थिईन । त्यस्तै प्रदेश १ कि कप्तान रुबिना क्षत्रीले ३ ओभरमा ११ रण खर्चिएर १ विकेट लिन सफल भईन ।
झिनो ५३ रणको लक्ष्यका साथ मैदानमा उत्रिएको प्रदेश १ ले शून्य विकेटको क्षतिमा ८.५ बलमै लक्ष्य भेट्टायो । प्रदेश १ लाई जित दिलाउन कप्तान रुबिना क्षत्री र काजल श्रेष्ठलेको साझेधारी कै कारण लुम्बिनीले लज्जासपद हारको सामना गर्नुपर्यो । रुबिनाले ३० बलमा २ चौका र १ छक्काको मद्दतले सर्बाधिक २६ रणको योगदान दिईन । लुम्बिनी प्रदेशकि कप्तान नेरी थापाको बलिङमै रुबिनाले छक्का प्रहार गरेकि थिईन । त्यस्तै काजलले २३ बल खेल्दै २ चौकाको मद्दतमा २२ रणको योगदान गरिन् । प्रदेश १ को नेतृत्व गरेकि रुबिना क्षत्री महिला राष्ट्रिय क्रिकेट टिमकि कप्तान समेत हुन ।

आईतबार एपिएफ र प्रदेश १ बिच फाईनल भिडन्त खेल रोमाञ्चक हुने आयोजकले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्