म त्यो जेलवाङ्ग हत्याको राक्षसि त्रास सङ्गै खाराको भाब बेहोल बेथा सुनाउछु



धनेश बि.सि. (हुलाकी मामा म त्यो
जेलवाङ्ग हत्याको राक्षसि त्रास सङ्गै
खाराको भाब बेहोल बेथा सुनाउछु
थवाङ्गको पिदा भित्र
पाछावङ्ग को आँसु सुनाउछु
धैर्य गर बिद्द्वान मित्र
धरै सुने तेरो १७हजार को हिसाब ।।

म त्यो
ललिरोका दिदी र सुनसरा भाउजुको
बर्बरता हत्या सङगै ।।
भावाङ्गको काहालिलाग्दो १२जनाको
रगतको निसानी देखाउछु
करेती कि आमा र बहिनि को अस्मिता
लुतेर सङ्गिन ले रोपेको चीत्कार सुनाउछु ।
धैर्य गर बिद्द्वान मित्र ।
धेरै सुने तेरो १७जहार को हिसाब

म त्यो
भैरबनाथगण हराएका आत्मा सङ्गै
कालापहाड हिदेका, चिसापानी
जङ्गल मा पुरिएको दाजुको
वेदना सुनाउछु।
निरंकुसता बात पिंजडामा
अस्ताउनु भएको इच्छुक को
आँसु भन्छु
धैर्य गर बिद्दावन मित्र
धेरै सुने तेरो १७हजार को हिसाब ।।

म त्यो
धारामा निर्घात कुतिएका दर्जी मामा
र मिझार दाजु सङगै
मुखिया र जिम्माल बात लुतिएर
गाउँ निकाला गरिएकी मासुम दिदी को
कथा सुनाउछु।
इनारको पानीखान
छिमेकी चाहिने चमार आमा सङ्गै
जामिन्दार को थिचोमिचो मा किचिएका
कमलहरी को जिवन्त कथा सुनाउछु
धैर्य गर बिद्द्वान मित्र
धेरै सुने तेरो १७हजार को हिसाब ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्