कविता राज कुमार कार्की
सन्देश सबलाई
हिजो थियो सबको शिरमा टोपी।
आज देखि हिड्छ्न गोजीमा बोकि
।।
जनै पनि एक दिन मात्र हुन्छ घाँटीमा।
बाँकी सब दिन त झुन्डिएर बस्छ काँटीमा
।।
यस्तो नहोस है कहिल्यै राष्ट्रिय टोपी।
कति हिड्नु अब त लाज छोपि – छोपि
।।
जस्तोसुकै परिस्थितिमा पनि टोपी होस शिरमा ।
जीवन किन नहोस है सधै कृष्ण भिरमा
।।
नबनोस हजुर मात्रै एक दिनको फेसन।
आटाको सट्टामा प्रयोग नहोस है बेसन
।।
सधै शिरमा टोपी घाँटीमा होस है जनै।
सबले मान्नु पर्द्छ है पिता पुर्खाको भनाइ
।।
सधै जीउमा मात्रै लगाएर लुगा लाज छोपिन्न।
शिर निहुराएर मात्रै पनि ढोगिन्न
।।
राष्ट्रियता र इज्जत किन्नलाई पाइदैन।
ढोँगी राष्ट्रियता अब त चाहिदैन
।।
उठौ हजुर अब त गरौं पूजा शनिदेवको।
कति बस्नु छोपेर लाज साढे सातको
।।
घर जोगाउछ है मात्र जहिले सिँढीले।
केही पाठ सिक्नु पर्छ अब त नयाँ पिँढीले
।।
भन्छन् सबले दिदैन स्वाद चुरोट भन्दा बिँडीले।
थाम्नु पर्छ अब त धर्म संस्कृति नयाँ पिँढीले
।।
सन्देश हो यो हजुर नयाँ पुराना पिँढी सबलाई।
सच्चिएर अगाडि बढौ यही छ नयाँ सन्देश अबलाई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।