कविता राज कुमार कार्की
धमलाको हमला”
जनता जान्न चाहन्छ्न भन्छन् धमला।
सधै गर्छ्न नेता माथि मात्रै हमला ।।
भन्छन् हर्रो गुलियो कि अमला!
कडा प्रश्न सोधछन् सधै धमला।।
जनता मात्रै जान्न चाहने।
नेता भने जान्नै नचाहने।।
को साक्षर को असाक्षर भन्नु धमला?
असाक्षर माथि नगर्नु है हमला।।
पढेर कोही पनि पाक्दैनन्।
बोलेर कहिल्यै नि थाक्दैनन्।।
नेता जान्नै चाहदैनन्।
अरुको कुरा खादैनन् ।।
लौ आयो है धमलाको हमला!
प्रश्न कागती गुलियो कि अमला ?
उत्तर चाहियो कि दक्षिण!
आयो जीउ भरि पसिना!!
यो कसै माथि लक्षित ब्यक्तिगत आक्षेप होइन मेल खान गयमा समयोग मात्र हुनेछ।क्षमा प्रार्थी छु
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।