Banner Third

घुस लिएको आरोपमा प्रधानाध्यापक र वडाअध्यक्ष प्रकाउ

By Thah Online

January 03, 2021

दैलेख । शिक्षक नियुक्तिका लागि लिएको परिक्षामा घुस लिएको आरोपमा प्रधानाध्यापक र वडाअध्यक्ष लाइ प्रकाउ गरिएको छ ।दैलेखको पिपलकोट स्थित दिप माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम सिजापति र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका आठविस नगरपालिका वडा नं ५ का वडाअध्यक्ष कर्ण बहादुर आले मगरलाई प्रहरिले प्रकाउ गरेको हो ।

परिक्षामा घुस लिएको परिक्षार्थिबाट सुनेपछि थप सोधपुछका लागि उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरिक्षक इन्द्रजित सुनारले जानकारी दिनुभयो ।

खुलेआम यसरि घुस लिने व्यक्ति हरुलाई कडा भन्दा कडा कारबाही गर्न जरुरि छ। गरिमामय पदमा भएकाहरु पदको दुरुपयोग गरिरहेका छन्। सरकारले बनाएका नीति नियमहरु केवल कागजमा मात्र सिमित रहेका छन् ,यसमा सम्बन्धित निकायको ध्यान पुगोस।