सैघाली खबर
काठमाडौं,२४ पुस
पार्टी एकताकाविषयमा नेकपाएमाले र नेकपामाओवादीबेन्द्रले आन्तरिक गृहकार्य गर्ने भएका छन् । आज आन्तरिक छलफल गरेपछि भोलि एउटा संयोजन समितिको बैठक बसेर कार्यदल बनाउने तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो साँझ ओली निवास, बालकोटमा भेटवार्ता छलफलमा कार्यदल बनाउने सहमति भएको छ ।
मुल नेतृत्व, सांगठनिक संरचना र बैचारिक राजनीतिक बिषयमा समझदारी बनाउन छुट्टाछुट्टै कार्यदल बनाउने र कार्यदलको गृहकार्य अनुसार अघि बढ्ने तयारी छ । एउटै कार्यदल बनाउने कि दुईटा भन्नेमा भोलि सहमतिगरिनेछ । ओली र दाहाल बीच एकता सम्बन्धी बिषयमा आज आ–आफ्नो दलमा छलफल गर्ने र भोलि एकता संयोजन समितिको बैठक राख्ने समझदारी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
एमालेले आजै २ बजे स्थायी समिति बैठक बोलाएको छ । माओवादीको पनि आजै नै हेडक्वार्टर बैठक बस्नेछ । दुबै दलले पार्टी एकताका लागिशिर्ष नेता सम्मिलित ‘एकता संयोजन समिति’बनाएका छन् । समितिमा एमाले बाट अध्यक्षओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल छन् र माओवादी बाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा हुनुहुन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।