अन्तरवार्ता

आर्थिक पारदर्शिता मेरो चुनाव जित्ने मुख्य आधारहोः पोख्रेल

By थाहा अनलाइन

January 03, 2021

 दाङ जिल्लाको सबैभन्दा पुरानो व्यवसायीक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघमा नया“ नेतृत्वको लागि चुनावी प्रतिष्पर्धा हु“दैछ । कोषाध्यक्ष पदका उम्मेद्वार सुशिल पोखे्रल संग निर्वाचन र उम्मेद्वारीको सेरोफेरोमा केन्द्रित रहेर थाहा अनलाइनले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं ।

स्वागत छ यहालाई थाहा अनलाइनको कुराकानीमा ?

धन्यवाद ।

तपाईको उम्मेद्वारी किन ?

म व्यवसायीक हकहितका लागि अनवरत खटिदै आएको छु । दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य र कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालि सकेको छु । अहिले मैले पुनः कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएको छु । व्यवसायीक साथीहरुका साझा समस्यालाई व्यवसायी एकता बाटै समाधान गरिनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । म कोषाध्यक्ष भएको बेला उद्योग वाणिज्य संघ आर्थिक पारदर्शिता चुस्तदुरुस्त भएको सर्वविदितै छ । सबै व्यवसायीहरुले सुरक्षित रुपले व्यवसाय गर्न सक्ने वातारण निर्माण गर्न मेरो उम्मेद्वारी रहेको छ ।

अहिलेको चुनावी प्रचार–प्रसार कार्यक्रमलाई कसरी अगाडि बढाउनु भएको छ ?

हामी संयुक्त प्यानल बाट चुनावी प्रतिष्पर्धामा छौं । सम्पूर्ण व्यवसायी साथीहरुको साथ, सहयोग हामीलाई छ । हामी निरन्तर व्यवसायीक साथीहरुलाई भेटीरहेका छौं । निर्वाचनको समय नजिकिएको छ त्यसैले हामी हतारहतारमा साथीहरुसंग भेट्घाटमा पुगेका छौं । साथीहरु बाट गुनासो नआओस् भन्ने सोचमा हामी छौं । संयुक्त प्यनालमा आवद्ध सबै व्यवसायी साथीहरुले आ–आफ्नो क्षेत्रबाट चुनाव प्रचार–प्रसारलाई तीव्ररुपमा अघि वढाउनुभएको छ ।

तपाईले चुनाव जित्ने आधार के हुन् ?

म एक कार्यकाल दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य र कोषाध्यक्ष भई काम गरिसकेको छु । आर्थिक पारदर्शिता मेरो चुनाव जित्ने मुख्य आधार हो । विगत लामो समय दाङ जिल्ला उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारीले तलब खान पाएका थिएनन् मेरै कार्यकालमा उहाँहरुलाई पारीश्रमिक दिइएको थियो । म निरन्तर व्यवसायी साथीहरुको हकअधिकारका निम्ती आवाज उठाउँदै आएको र समस्या समाधानमा लाागि परेको सर्वविदितै छ । व्यवसायीका समस्या साझा हुन् ती समस्यालाई व्यवसायीक एकता बाट नै समाधान गरिनुपर्छ भन्ने मान्यता मेरो रहेको छ, त्यसैले व्यवसायी साथीहरुको माया, ममता र हौसला म माथि रहेकाले यस पटकको निर्वाचनमा म निर्वाचित हुन्छु भन्ने कुरामा म विश्वस्त छु ।

व्यवसायीहरुका मुद्दालाई कसरी समाधान गर्ने सोंचमा हुनुहुन्छ ?

व्यवसायीहरुका मुद्दा साझा हुन् । व्यवसायीक एकता बाट नै ती मुद्दाको समाधान गर्न सकिन्छ भन्ने मेरो सोंच हो । विगतमा पनि हामीले सामुहिक प्रयास बाट व्यवसायीक मुद्दा समाधान गरेका कयौं उदाहरण हाम्रा सामु छन् । मैले दुई कार्यकाल उद्योग वाणिज्य संघमा रहेर काम गरिसकेको छु । व्यवसायीक हकहितका पक्षमा आवाज उठाउँदै आएको छु । व्यवसायीक साथीहरुका समस्या समाधानमा निरन्तर लागि रहेको छु । मतदाताहरुलाई केहि भन्नु छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहि पौष २० गते हुन गईरहेको निर्वाचनमा सहभागी भई म कोषाध्यक्ष पदको उम्मेद्वार सुशिल पोखे्रल लाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण व्यवसायी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु । दाङ जिल्ला उद्योग वाणिज्य संघलाई सक्षम नेतृत्वको आवश्यक्ता छ । सक्षम नेतृत्व गर्न सक्ने व्यक्तिलाई नै तपाईहरुले रोज्नुस् मैले विगतमा गरेका कामको मूल्याङ्न गर्दै यस पटकको निर्वाचनमा मलाई विजयी गराउनुहुन अनुरोध गर्दछु ।