सक्षम नेतृत्व नै दाङ जिल्ला उद्योग वाणिज्य संघको आबश्यकताः वुढाथोकी



दाङ जिल्लाको सबैभन्दा पुरानो व्यवसायीक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघमा नया नेतृत्वको लागि चुनावी प्रतिष्पर्धा हुदैछ । अध्यक्ष पदका उम्मेद्वार टंकसिङ बुढाथोकी संग निर्वाचन र उम्मेद्वारीको सेरोफेरोमा केन्द्रित रहेर थाहा अनलाइनले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं ।

स्वागत छ यहालाई थाहा अनलाइनको कुराकानीमा ?
धन्यवाद ।
चुनाव प्रचार–प्रसार कसरी गरिरहनुभएको छ ?
हामी प्रत्येक व्यवसायीक साथीहरुसंग भेटघाटमा रहेका छौं । हामी साथीहरुलाई भेट्न पुग्दा उहाँहरु निकै उत्साही देखिनुहुन्छ । व्यवसायीक साथीहरुको साथ,सहयोग हामीलाई छ । निर्वाचनको समय नजिकिएको छ त्यसैले हामी हतारहतारमा साथीहरुसंग भेट्घाटमा पुगेका छौं । साथीहरु बाट गुनासो नआओस् भन्ने सोचमा हामी छौं । हामी संयुक्त प्यानल बाट चुनाव लडिरेहेका छौं। सबै साथीहरुले आ–आफ्नो क्षेत्रबाट चुनाव प्रचार–प्रसारलाई तीव्ररुपमा अघि वढाउनुभएको छ ।

तपाईको उम्मेद्वारी किन र केका लागि ?
विगत लामो समय म दाङ जिल्ला उद्योग वाणिज्य संघमा आवद्ध भई व्यवसायीक हकहितका पक्षमा आवाज उठाउँदै आएको छु । मैले यो भन्दा पहिले वाणिज्य उपाध्यक्ष पदको जिम्मेवारी सम्हालि सकेको छु । प्रत्येक व्यवसायीक साथिहरुको हरेक सुखदुखमा सामेल हुने गरेको छु । व्यवसायीहरुका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको छु । व्यवसायीकका समस्या समाधानका लागि आश्वासन पाइने तर व्यवहारीकता लागूनहुने कुराको अन्त्यको लागि निरन्तर संघर्ष गरिरहेको छु। हिजोका दिनहरुमा मैले गरेका कामहरुलाई अझ शसक्तरुपमा उठाउने उद्देश्यका साथ अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ ।

तपाईका चुनावी ऐजेण्डा के हुन् ?
मलाई व्यवसायी साथिहरुको साथ र सहयोग छ । उहाँहरुकै साथ र सहयोगका कारण मैले अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ। प्रजातान्त्रीक उद्योगी व्यवसायी संघले मेरो उम्मेद्वारी तय गरेको हो । म सबै दलको साझा उम्मेद्वार पनि हो । विगत देखिनै मैले व्यवसायीक हकहितका पक्षमा निरन्तर आवाज उठाउँदै आएको सर्वविदितै छ । यस पटकको निर्वाचनमा साथिहरुले मेरो पक्षमा मतदान गरी मलाई विजयी बनाउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

व्यवसायीक मुद्दा कसरी सम्वोधन गर्ने सोंचमा हुनुहुन्छ ?
मैले लामो समय उद्योग वाणिज्य संघमा रहेर काम गरेको छु । विभिन्न जिम्मेवारीमा रहि व्यवसायीक हकहितका पक्षमा आवाज उठाउँदै आएको छु । व्यवसायीक साथिहरुका समस्या समाधानमा निरन्तर लागि रहेको छु । व्यवसायी साथिहरुका समस्या समाधानका लागि सधेै अग्रसर हुँदै आएको छु । व्यवसायी साथिहरुलाई आइपर्ने विभिन्न समस्यालाई मैले मेरै समस्याको रुपमा बुझि समाधान गर्ने कोशिसमा निरन्तर लागेको छु र समाधान कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता यहाँहरु माझ जाहेर गर्दछु ।

कोभिड–१९ धरासायी बनाएको व्यापारलाई उकास्न यहा“का भूमिका के रहन्छ ?
विश्वव्यापी संकटको रुपमा देखा परेको कोभिड–१९ का कारण व्यवसायी साथीहरु मर्कामा परेको सबैलाई जानकारी नै छ । दाङ जिल्लामा पनि सयौंको संख्यामा व्यवसायी साथीहरु कोभिड कै कारण विस्थापीत हुनुभएको छ । बैंक बाट ऋण लिई व्यवसाय सुरु गरेका साथीहरुले किस्ता तिर्न नसकेर विस्थापीत हुनु दुखद कुरा हो । मैले ती त्यस्ता साथीहरुको ऋण मिनाहको लागि सरकार संग पहल गर्नेछु । साथीहरुलाई विस्थापीत हुनु नदिन र व्यवसाय यथावत राख्न मेरो पहल हुनेछ ।

तपाई वाणिज्य उपाध्यक्ष हुदा गर्न बाकी रहेका र अब गर्न खोजेका नया काम के हुन् ?
म वाणिज्य उपाध्यक्षको रुपमा रहँदा कर कार्यालय अन्तर्गतको नाप, तौल कार्यालय घोराहीमा राख्ने पहल गरेको थिए, कारणवस त्यो सफल भएन । अबको कार्यकालमा म अध्यक्षमा निर्वाचित भए भने पहिलो प्राथमिकतामा नाप, तौल कार्यालय घोराहीमा राख्न पहल गर्नेछु । अव्यवस्थित गाडी पार्किङलाई व्यवस्थित गर्ने मेरो सोच रहेको छ, र व्यवसायीक हकहितका पक्षमा निरन्तर लाग्ने यहाँहरुलाई जानकारी गराउँन चाहन्छु ।

मतदाता साथीहरुलाई केही सन्देश छ ?
यहि पौष २० गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी भई म अध्यक्ष पदको उम्मेद्वार टंकसिङ वुढाथोकी लाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण व्यवसायी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु । जसले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई सक्षम नेतृत्व प्रदान गर्न सक्छ त्यही व्यक्तिलाई नै तपाईहरुले रोज्नुस् मैले विगतमा गरेका कामको मूल्याङ्न गर्दै यसपटकको निर्वाचनमा मलाई विजयी गराउनुहुन अनुरोध गर्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्