थारुको पहिचान जोगाउन थारु प्रतिष्ठान- महरा



सैघाली खबर,
तुलसीपुर २४ पुस ।

उपप्रधानमन्त्री कृष्ण बहादुर महराले थारुहरुको पहिचान संरक्षण गर्न थारु प्रतिष्ठान जरुरी रहेको बताए । तुलसीपुर उपमहानगर स्तरिय माघी संस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महराले थारु प्रतिष्ठानले पुस्तकालय सञ्चालन गरी थारुको पहिचान समेटिएका पुस्तक राख्नु पर्ने बताए ।

थारुहरुको पहिचान समेटिएका पुस्तक संरक्षण गरेमा थाहरुको पहिचान पछिल्ला पुस्ताहरुले समेत अध्ययन गर्न पाउने बताए । यसो गर्न सकेमा थारु संस्कृति, पहिचान पुर्खौ पुर्खा सम्म पनि जिवान्त राख्न सकिने उनले बताए ।‘प्रतिष्ठान बनाई पुस्तकालय बनाउनु पर्छ’ उनले भने ‘ त्यसो गर्न सकेमा पुर्खौपुर्खा सम्म थारुको पहिचान जोगाउँन सकिन्छ ।’

माओवादी केन्द्रका नेता समेत रहेका महराले थारु प्रतिष्ठान बनाउँन आफुले सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । उनले थारु संस्कृतीलाई पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्नुपर्ने बताए ।

नयाँ संबिधानमा पनि हेरेक जातजाति, भाषाभाषीको अधिकार स्पस्ट रुपमा उल्लेख गरिएको वताए ।‘संबिधानमा हरेक जातजाति भाषाभाषीको अधिकार सम्पन्न गराईएको छ’ उनले भने ‘संघियताको मर्म पनि एकात्मक केन्द्रीकृत पद्धतीलाई बिकेन्द्रीत बनाउने हो ।’ थारु संस्कृति प्रतियोगीतामा भाग लिएका १६ समुह मध्य १३ समुह युवाहरुको नै थियो ।

थारुका पहिचान झल्कने भेशभूषासहित विभिन्न साँस्कृतिक पहिचान एवम परम्परागत औजारहरु सहित युवाहरु पनि थारु संस्कृतिक प्रतियोगीतामा सहभागी थिए । यसले युवाहरु पनि थारु संस्कृति संरक्षण गर्न तल्लिन छन्, भन्ने प्रष्ट रहेको थारु अगुवा खुसीराम चौधरीले बताए । उनले भने ‘पछिल्लो समय युवाहरु पनि थारु पहिचान जोगाउन चिन्तित बन्न थालेका छन् ।’

तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहको भुह्यारथान निर्माण समितिले थारु संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्न माघि संस्कृतिक प्रतियोगीताको अयोजना गरेको थियो । जसमा दक्षिण कपडा देवीको समुह प्रथम, भुसेरीको समुह द्धितिय र बनगाउँको समुह तृतिय भएका थिए । प्रथमलाई पाँच हजार, द्धितियलाई चार हजार र तृतियलाई तीन हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो । साथै प्रतियोगीतामा सहभागी बनेका अन्य सबै समुहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

भुह्यारथान निर्माण समितिका अध्यक्ष राम शरण चौधरीको अध्यक्षता तथा उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य ईन्द्रजित चौधरी, तुलसीपुर उपमहानगरपालिकाका मेयेर घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा बक्ताहरुले थारु संस्कृति जोगाउन युवाहरु सक्रिय हुनुपर्ने वताएका थिए । पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई थारुको पहिचान सिकाउनु पर्ने वताएका थिए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, महतवा महासंघ दाङका अध्यक्ष चन्द्र पशाद चौधरी, माओवादी केन्द्रका नेता रामजी चौधरी, थारु अगुवा शरण थारु, छोटिलाल थारु, थारु स्वास्थ्यकर्मी जीवराज चौधरी, आदिबासी जनजाती समाजका प्रतिनिधि नरेश राजभण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै थारु स्वास्थ्यकर्मीहरुको प्रस्तुती समेत रहेको थियो ।

समितिका सहसचिब राज बहादुर घर्तीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब नारायण चौधरीले गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्