सैघाली खबर,
तुलसीपुर,२४ पुस ।
अवैध रुपमा बालुवा र गिट्टी उत्खनन् गरेको भन्दै ३ वटा जेसिवि र ७ वटा टिप्पर लाई प्रहरीले नियन्त्रणमा लिएको छ। गयराती पातुखोलावाट एउटा अनटेष्ट जेसिवि समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।पछिल्लो समय यता दाङमा ट्याक्टर टिपर प्रहरीको नियन्त्रणमा रहेका छन।
नियन्त्रणमा लिइएको टिप्परहरुमा रा १ ख ११३३,ना ७ ख ४०००,ना ७ ख ४४०२ ना ७ ख ४७४०,रा १ ख १५१५ ,रा १ ख १५०९ , रा १ ख १५१३ नम्बरका टिप्पर र रा १ क ४२० , ना १ क ४८१९ नम्बरका जेसिवि रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।