श्रावण सम्म अक्सीजन प्लान्ट सुचारु हुने



जेष्ठ २५ दाङ । राप्ती उप–क्षेत्रिय अस्पतालले अवको करिव २ महिना भित्र आफ्नै अक्सीजन प्लान्ट सेवा सुरु गर्ने जनाएको छ ।m2

विहिवार राप्ती उप–क्षेत्रिय अस्पतालले नियमित वार्षिक कार्य समिक्षा प्रगती कार्यक्रम वारे गरेको पत्रकार सम्मलेनमा अस्पतालले श्रावण भित्र अक्सीजन प्लान्ट सेवा सुरु गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा नियमित वार्षिका कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका मेडिलक सुपरीटेण्डेन डा. जर्नादन पन्थीले श्रावण भित्रैमा अक्सीजन प्लान्ट निर्माण गरी अक्सीजन सेवा सुरु गर्ने जानकारी दिए । साथै उनले राप्ती उप–क्षेत्रिय अस्पताल लाई स्वास्थ्य व्ज्ञिान प्रतिष्ठान निर्माणको चर्चा चलिरहेकाले वेला अस्पतालले आफ्नै छुट्टै अक्सीजन प्लान्ट सेवा आवश्यक पर्ने भएकाले अस्पतालको स्तरोन्नती संगै यो योजना छिट्टै सुरु गर्न लागिएको पन्थीले वताए । पन्थीले चालु आर्थिक वर्षको वैशाख तेस्रो साता सम्ममा ४ सय १७ जना रिफर , ७१ हजार ४ सय ९९ जना ओपिडी २६ हजार ३ सय ७१ जना लाई इमरजेन्सी सेवा दिएको जानकारी दिए । जसमा ८० प्रतिशत लक्ष्य पुरा भएको उनले वताए । त्यस्तै सामाजिक सेवा ईकाईमा २ हजार १ सय ८८ जना र एकद्धार सेवा व्यावस्थापनमा ४ सय १५ जना लाई सेवा दिएको मेसी डा. पन्थीले जानकारी दिए । साथै पन्थीले पत्रकार सम्मेलनमा मार्फत राप्ती उप–क्षेत्रिय अस्पताल लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा चलिरहेका वेला सेवा लाई अझै प्रभावकारी र विशिषज्ञ डाक्टरी सेवाका रुपमा विकास गर्न अति आवश्यक रहेको वताए । उनले भने ‘हाल १ सय वेडमा अस्पतालले सेवा दिईरहेका छ । तर अव राप्ती अञ्चल अस्पताल लाई ३ सय वेडको अस्पतालमा स्तरोन्नती गर्नु पर्ने वताउदै भने यो अहिलको आवश्यक्ता पनि हो । जनसख्याको वृद्धि अनुपातमा अस्पतालको सेवा साँधुरो वन्दै गएको छ । जनशक्ति अभावका कारण भएका सेवाहरु दिन सकीएको छैन । उनले भने जनशक्तिको व्यावस्था गरे आईसियु र एनआईसियु सेवा संञ्चालन गर्न सकिने समेत उनले जानकारी दिए । त्यसै वहुवर्षिय योजना अन्र्तगत विभिन्न भौतिक संरचना निर्माण समेत अस्पताल लागि परेको उनले जानकारी दिए । सवै लाई राप्ती उप–क्षेत्रिय अस्पतालको विकासमा चाँसो देखाउन समेत आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्