स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसंगै नागढुंगामा २ जना पक्राउ



काठमाडौं, २० पुस ।स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट २ जना पक्राउ परेका छन् ।

सवारी चेकजाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कारमा रहेका ३० वर्षीय अमितकुमार थापा र २२ वर्षीय संगम थारू (कार चालक)काे साथबाट १ करोड ४७ लाख रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख अशोक सिंहले जानकारी दिए । उनीहरुलाई सवारी जाँच गर्ने क्रममा आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्