इलामको माई नगरपालीकामा नेकपाको बृहत कार्यकर्ता भेला सम्पन्न



पौष२०,ईलाम। नेपाल कम्युनिष्ट पार्टी नेकपा माई नगर कमिटीको आयोजनामा सयौं नेता कार्यकर्ताहरुको उपस्थितिमा बृहत कार्यकर्ता भेला आज सम्पन्न भएको छ।
कार्यक्रम पार्टी जिल्ला सदस्य एवं माई नपा प्रमुख क. दिपक थेवेको अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य, इलाम जिल्लाका अध्यक्ष तथा १ नं. प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य प्रेम गिरि, केन्द्रीय सदस्य एवं जिसस प्रमुख गणेश प्रसाद बराल, केन्द्रीय सदस्य एवं प्रदेश सांसद काजिमान कागते, पार्टी जिल्ला कमिटी कार्यालय सचिव एवं सचिवालय सदस्य नवराज शंकर, जिल्ला सदस्यहरु बिष्णुमाया आचार्य तथा क. रत्न अधिकारी, वडा नं. ६ का जननिर्वाचित अध्यक्ष मुखराज आङ्देम्बे, युवा संघ नेताहरु अनिल तामाङ्ग र कुमार लिम्बू लगायतका नेताहरुले सम्बोधन गरेका थीए।
पार्टीका नेता मेघनाथ गिरिले सञ्चालन गर्नुभएको बृहत कार्यकर्ता भेलामा नगर कमिटी सचिव हेम लायो मगरले स्वागत मन्तव्य व्यक्त गरेका थीए।
भेलाले माई नगरको पार्टी केन्द्रमा अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेशमा शेरधन राई, जिल्लामा राम राना तथा माई नपामा दिपक थेवेको नेतृत्वमा एकढिक्का भएर अघि बढ्ने महत्त्वपूर्ण निश्कर्ष निकालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्