सैघाली खबर,
काठमाण्डौं,२४ पुस ।
प्रदेश प्रमुख नियुक्तीमा सहमति नजुटेपछि सोमबार ९आज० बस्ने भनेको मन्त्रीपरिषद् बैठक नबस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच सहमति जुटाउन भन्दै सोमबारको लागि बस्ने भनिएको बैठक स्थगित हुने भएको हो। प्रदेश प्रमुख यसै हप्ता तोकिन्छ, सहमति जुटाउनको लागि आज ९सोमबार० को बैठक रोकियो कानुनमन्त्री यज्ञबहादुर थापाले भने। प्रदेशको अस्थायी राजधानी नतोक्ने निष्कर्षमा पुगेको सरकारले यसअघि सोमबार मन्त्रिपरिषद् बैठक बसेर प्रदेश प्रमूखको नियुक्ती गर्ने जनाएको थियो । तर सरकारले प्रदेश प्रमुख तोकेर प्रदेश राजधानी नतोक्ने बताए पछि एमाले यसमा बिरोध असहमति जनाएको थियो। यसअघि, एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख र राजधानी तोक्न सरकारलाई सहमति दिएका थिए। प्रदेश राजधानीको विषयलाई लिएर देशका विभिन्न स्थानमा आन्दोलन भएको छ।thahakbr

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।