चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता



एजेन्सी चिनिँया अर्बपति ज्याक मा करिब दुई महिनादेखि बेखबर बनेका छन्। उनी दुई महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन्। याहु न्युजले ज्याक मा हराएकोबारे जानकारी दिएको छ। लामो समयदेखि अत्तोपत्तो नभएका ज्याक मा हराएको बताइएको छ।

अफ्रिका बिजनेस हिरोज’मा उनी नदेखिएपछि अलिबाबाका संस्थापक मा उपस्थित भएनन्। नोभेम्बरमा भएको उक्त ट्यालेन्ट सोको फाइनलमा मा निर्णायक बस्ने भनिएको थियो। तर, पछि उनको तस्बिर वेबसाइटबाटै हटाइएको थियो।

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे। अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।

माको आन्ट ग्रपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्चेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्