दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी र कोषाध्यक्षमा सुशील पोखरेल विजयी



पुस २१ दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी र कोषाध्यक्षमा सुशील पोखरेल विजयी हुनुभएको छ।
सोमबार राती सार्वजनिक मत परिणाम अनुसार अध्यक्षमा प्रतिद्वन्दी बसन्त जोशिलाई २४४ मतले पछि पार्दै बुढाथोकी १ हजार २५७ मतका साथ बिजयी हुनुभएको हो ।

त्यस्तै कोषाध्यक्षमा पोखरेलले प्रतिद्धन्दी धनपति शर्मालाई २७८ मतले पछि पारेर १ हजार २ सय ६३ मतका साथ बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

संयुक्त प्यानलबाट निर्वाचित बुढाथोकी र पोख्रेल लाई नेपाली कांग्रेससहित सबै दलको साथ थियो भने स्वतन्त्र उम्मेद्वार जोशी र शर्मालाई कांग्रेसको एक समुहको साथ रहेको थियो । कुल ४ हजार ३ सय ३८ मतदाता रहेको संघको निर्वाचनमा २ हजार ४ सय ३४ मत खसेको थियो । कुल ५६ प्रतिशत खसेको मतमा १ सय ५१ मत बदर भएको अधिकृत घिमिरेले बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघमा कुल २१ सदस्यीय रहने नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पदबाहेक सबै पदमा सर्वसहमतिमा पदाधिकारी निर्विरोध चयन भइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्