समिक्षा गाहा
दाङ २४ पुस।
दाङमा चिुुसो बढे सगै जनजिबन प्रभाबित बनेको छ । रुघाखोकी ,घाटी दुख्ने पखाला लाग्ने जस्ता समस्या लिएर अस्पतालमा बिरामीहरु पुग्ने गरेका छन् ।
चिसोका कारण बृद्ध बृद्धा र बालबालिकााहरु बिरामी हुने गरेको राप्ती उपक्षेत्रिय अस्पतालका मेडिकल अधिकृत रोशन भगतले जानकारी दिए ।
दाङमा केहि दिन देखि अत्यधिक जाडो बढेकाले बिरामीहरु बढेको उनले वताए । उनका यो समयमा अत्याधिक धुलो धुवाका कारण पनि रोग निको हुन ढिला हुने उनको भनाई छ ।
चिसो बढे सगै दम ,श्वासप्रशवासलगयातका बिरामीहरु पनि बढेका छन् । धुम्रपान प्रयोग गर्दा दमलगायत श्वासप्रस्वासका बिरामीहरु बढेको उनले वताए ।
जाडोको समयमा चुरोट नखाने , मास्क लगाएर हिड्ने ,तातो झोलीलो र गेढागुडीहरु बढि खाने र न्यानो कपडा लगाउनुनपर्ने उनले सुझाब दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।