प्रदेश २

पार्टी फुटाउन पाइँदैन भन्दै जनकपुरधाममा ओली पक्षको प्रदर्शन

By थाहा अनलाइन

January 05, 2021

२१ पुस, जनकपुरधाम । पार्टी फुटाउन पाइँदैन भन्दै केपी शर्मा ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

रेल्बे स्टेशनबाट निकालिएको र्‍याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भालिलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।प्रदर्शनमा सहभागी गराउन धनुषाको गाउँ–गाउँबाट ओली समर्थकलाई ट्याक्टर, बसलगायतमा ओसारिएको छ ।

र्‍याली सकिएपछि पार्टी कार्यालयमा कार्यकर्ता भेलाको आयोजना गरिनेछ । भेलालाई सम्बोधन गर्न नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठसहितका नेताहरु जनकपुरधाम आइपुगेका छन् ।