Outlaw's hands locked in handcuffs isolated on black

Banner Third

भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार भुजेल पक्राउ

By Thaha - Online

January 05, 2021

काठमाडौं। भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार एक व्यक्तिलाई पक्राउ गरिएको छ। काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने महोत्तरी खयरमाराका ३५ वर्षीय जितबहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

भुजेलले ३५ वर्षीय पुरुषलाई घरायसी कामका लागि दुबई लैजाने भन्दै ललाइफकाई राहदानी बनाउन लगाएका थिए। उनले ती व्यक्तिलाई २०७३ वैशाख २७ गते एक अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएका थिए।

तर राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिसामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो। भुजेलउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।