जनकपुरधाम। उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाविरुद्ध उभिने चकनाचुर हुने चेतावनी दिएका छन्। मंगलबार जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा उनले पार्टीलाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने बताए।
‘नेकपा पार्टीको एकताविरुद्ध लाग्नेहरु समाप्त हुन्छ’, उनले भने,‘नेकपा अमर रहन्छ । पार्टी कमजोर बनाउने स्वीकार्य हुँदैन। पार्टीविरुद्ध लाग्ने समाप्त हुन्छ।’ नेकपाको छाप, झन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीले पाउनेमा ढुक्का रहन उनले कार्यकर्तालाई आश्वासन दिए।
‘व्यक्तिगत स्वार्थ र पद नपाउँदा प्रधानमन्त्रीलाई ‘धक्क-मुक्की’ गर्दा प्रतिनिधिसभा विघटन गरी चुनाव मिति तोकिएको छ’, पोखरेलले भने, ‘जनता विभाजनको विरुद्धमा रहेकोले ओली नेतृत्वको नेकपा चुनाव जितेर फेरि सरकार बनाउने छन्।’
प्रधानमन्त्री ओलीले कुनै पनि निर्णय गर्न खोज्दा प्रचण्ड र माधवकुमार नेपाल ‘धक्क-मुक्की’ गर्दा पार्टीमा विवाद चुलिएको उनको आरोप छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।