टप फिचर

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

By Thaha - Online

January 05, 2021

काठमाडौं। अस्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। मोरङ निवासी २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको हो।

दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन्।

बिमली डेढ वर्षअघि अध्यानका लागि अस्ट्रेलिया गएका थिए।