पार्वती बस्नेत
दाँङ २४ पुस ।
ब्युटिसियनहरुको सिप र क्षमता अभिवृद्धिका लागी दाङमा आज एकदिने सेमिनार सम्पन्न भएको छ ।
सरिता ब्युटि होमका प्रोप्राईटर सरिता गिरीको आयोजना तथा न्यु लुक ब्राण्डको आर्थिक सहयोगमा आज घोराहीमा उक्त सेमिनार सम्पन्न भएको हो ।
सेमिनारमा सिनियर ब्युटि एक्सपर्ट मिना खड्का के.सी.ले नयाँ विधिवाट कपाल स्टे«ट गर्ने तरिका,मल्टी हाईलाईट बिधि,कलरहरुको फाईदा र बेफाईदाका साथै लगाउने तरिका सम्बन्धि जानकारी दिनुभयो यसैगरी सेमिनारमा एक्सपर्ट के.सी.ले नयाँ नयाँ हेयरकट स्टाईल र दुलही मेकअपको बारेमा समेत प्रयोगात्मक प्रशिक्षण दिनुभयको थियो ।
उक्त सेमिनारमा दाङ र सुर्खेतका गरी जम्मा १५०जना ब्युटिसियनहरुको सहभागिता रहेकोमा सहभागि ब्युटिसियनहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको सरिता ब्युटिहोमका प्रोप्राईटर सरिता गिरिले जानकारी दिनुभयो। पछिल्लो समय सुन्दर बन्ने प्रतिस्पर्धाहरुको भिडले गर्दापनि ब्युटिसियन ब्यवसाय फस्टाउदै गएको छ भने महिला आत्मनिर्भरतामा समेत बृद्धि गराएको छ ।
साथै ब्युटिसियन पेशाकर्मीहरुको पेशामा अझ थप निखार ल्याउनका लागी यस्ता सेमिनारहरु समय–समयमा आवश्यक रहेको ब्युटिसियन गिरिले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।