नेपालमा तानाशाही राज गर्न केपी ओलीले ‘कु’ गरे !



हाल नेपालको प्रधानमन्त्री केपी ओलीले नेपालमा लोकतन्त्र र संघीय गणतन्त्र हटाउने नियतमा नै संसद विघटन गरेको छ । ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पारेर तानाशाही राज गर्ने र देशलाई प्रतिगमनतर्फ लैजान संसद विघटन गरेको छ । उहाँ चाहिँ व्यक्तिवादी हुनुभएको छ ।

ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विचारधारा, विधान र मार्क्सवादी हराउँदै केही लोभ का कारण असंबैधानिक बाटो लिएको प्रष्ट हेर्न पाइन्छ । विवेकको राजनीति गर्न नजान्ने , मात्र जहाँ पनि कमेडी हान्ने र भ्रष्टाचार गर्न गराउन भ्रष्टाचारीलाई बचाउन यस्ता कुकर्म कार्य गर्नुभएको छ । साम्यवाद र समाजवादको गरिमालाई ओलिले लोपोन्मुख निति हावी गर्नुभयो । सरकार भित्र देखा परेका कमीकमजोरीलाई जब कमरेड प्रचण्डले सच्याउन खोज्दा उहाँ माथी नै ओलिले उल्टै दोष लगाउनु भएको छ । असंबैधानिक र अलोकतान्त्रिक कदम चालेको लाई रोक्न सकिन्न भने जसको परिणाम आउदो दिनमा देशका लागि नकारात्मक हुन सकिन्छ ।

नेपालमा वि. स. २००७ मा आएको प्रजातान्त्र रहे पनि मुलुक राजावादी कै चल्दै थियो । त्यति खेर राजतन्त्रलाई जरा बाट नै सखाप पार्न २०५२ फागुन १ गतेबाट सशस्त्र जनयुद्धको सुरु मेचीदेखि महाकालीसम्म र हिमाल, पहाडदेखि तराईसम्मका लाखौँलाख योद्धा र जनसमुदायका रगत, पसिना र आँसुले १० वर्षसम्म जनयुद्ध महान अभियानमा हजारौले राष्ट्रको निमित्त बलिदानी दिनु पर्यो,कयौको काख रित्तिए त कयौ टुहुरा बने, हजारौं योद्धा बेपत्ता भए ।

हिमाल, पहाड र तराई मधेस आन्दोलनमा वर्षौंदेखि संघर्ष, त्याग र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, नागरिक अधिकार, मौलिक हकलगायतका संवैधानिक व्यवस्थालाई कुल्चेर केपी ओलीले मुलुकमा तानाशाही राज गर्न सपना देखेको छ । तर यस्ता नकारात्मक विचारमा हिडेका ओलीलाई विभिन्न सत्ता बाट तल राखेर कुनै पनि पार्टी मा बस्न दिनुपर्दैन र त्यसका समर्थक लाई समयमै सचेत हुनुपर्छ र नभए देश बर्बाद हुने सम्भावना हुन्छ। सरकारलाई संविधानको रक्षा गर्नु पर्छ संविधान विपरीत हिड्नु हुदैन । व्यक्तिवादी र एकात्मक सोच भएको प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्ने हुन्छ ।

देश चलाउन नजान्न केपी ओलीलाई हटाएर कमरेड प्रचण्डलाई दिनुपर्छ यदि कमरेड प्रचण्ड नभएका थिए भने नेपालमा गणतन्त्र आउदैन थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्