नेपाली बजारमा सुनको मूल्य ११ सयले बढयो , ९६ हजार ४०० मा कारोबार



पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन बढेर तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

 यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको भने मंगलबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भयो । यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्