तुलसीपुरमा खुल्ला पुरुष भलीबल प्रतियोगिता उद्धघाटन माननीय दिपक मनांगेले गर्दै



२२ पुस, काठमाडौँ
तुलसीपुर मा हुन गैरहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। यही पुष २३ देखि संचालन हुने खेलमा प्रदेश माननीय संसद राजिब गुरुङ (दिपक मनाङ्गे )ले उत्घाटन गर्ने कार्यक्रम रहेको छ। स्वतन्त्र युवा क्लब तुलसीपुर द्वारा आयोजित खेलमा खुल्ला प्रतियोगिता हुने भएको हो। उक्त खेलको उद्घटन बिहान ठिक ११:०० बजे हुने अरनिको मैदानमा हुने भएको छ।

खेल तथा कार्यक्रम संयोजक एच. आर. मगर हुन्। २३ गते देखि हुने खेल निक्कै भव्यताक साथ हुने भएको छ। प्रतियोगितामा जुनसुकै टिमले सहभागी जनाउन सक्ने आयोजकको भनाइ रहेको छ। सम्पूर्ण खेलाडी , खेल प्रेमी ,दर्शक तुलसीपुरवासी लगायतलाइ सहभागी हुन अनुरोध छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्