सैघाली खबर
काठमाडौं,२५ पुस
सर्वोच्च अदालतको आदेशअनुसार आफूलाई गिरफ्तार गर्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल आएका प्रहरीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले भने, ‘म सर्वोच्च अदालतको प्रधानन्यायाधीश, जसले न्याय बिक्री गरेर देशै लुटिरहेको छ, न्यायको बलात्कार गरिरहेको छ।
त्यसको विरुद्ध लडेको नागरिकको हैसियतले, ठीक छ भनेर बुझ्नुहोला। उसको आदेश म पालना गर्दिनँ, तर तपाईंहरू आएका हिसाबले देशको नियम, कानुनको र तपाईंहरूको कदर गर्दै म जान्छु। तर, आपराधिक आदेश दिने प्रधानन्यायाधीशको आदेश मान्दिनँ।’
केसीको माग जसले सर्वोच्चलाई घोच्यो
आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्बहाल गर्न आइतबार सर्वोच्चले दिएको आदेश विरुद्ध अनशन घोषणा गर्दा डा. गोविन्द केसीले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदीय मर्यादा विपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात् उनका भ्रष्ट क्रियाकलापहरू माथि छानबिन र कारबाही गरियोस्।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।