तुलसीपुर १४ र १५ मा निर्माण भएका सडकको अनुगमन



सैघाली खबर
तुलसीपुर, २५ पुस

तुलसीपुर उपमहानगरपालिका १४ र १५ मा निर्माण भएका सडकको अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको लगानीमा निर्माण सम्पन्न भएका सडकको अनुगमन गरिएको हो । तुलसीपुर कार्यपालिका सदस्य अमर नेपाली ( माईकल), देवराज बिश्वकर्म, दीपक कुमाल, ओभरसियर धन बहादुर बकरी लगायतको टोलीले सडकको अनुगमन गरेको हो ।

तुलसीपुर १४ को भोजपुर, अम्मरडाँडा हुँदै ववई नदी सम्मको दुई लाख ५० हजार लगानीमा निर्माण भएको आठ सय मिटर सडक, थोकेडाँडा देखी जनकपुर मन्दीर सम्म २ लाख लगानीमा निर्माण भएको सडक, खौसापुर देखी दक्षिण तिरको नयाँ चौधरी गाउँ जोड्ने दुई लाख लगानीमा निर्माण भएको सडक, थापाटोल देखी जमलको घरसम्मको एक लाख ५० हजार लगानीमा ग्राभेल भएको सडक, ड्वाङपुर देखी बाँकी गाउँसम्म ५ लाख लगानीमा ग्राभेल भएको सडकको अनुगमन गरिएको थियो ।

त्यस्तै तुलसीपुर १५ को टेकनीगनार–बखिरिया जोड्ने दुई लाख लगानीमा निर्माण भएको सात सय मिटर सडक, हापुर खोला –कोठरी टोल सडकको तीन लाख ५० हजारमा हुन लागेको ग्राभेलिङ, कोठरी–नयाँबस्ती सडकको तीन लाख लगानीमा निर्माण भएको सडक, धनवरी टोल–अम्मर चौधरीको घर सम्मको तीन लाख ५० हजारको लगानीमा निर्माण भएको सडकको अनुगमन गरिएको कार्यपालिका सदस्य माईकलले जानकारी दिए ।

अनुगमनका क्रममा सडक तथा ग्राभेल निर्माणका काम प्रभाबकारी रुपमा सञ्चालन भईरहेको पाईएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्