सुखडमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको पुत्ला दहन



पुष २३ सुखड ।  कैलालीको घोडाघोडीमा सुखडमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको पुत्ला दहन गरिएको छ । अनेरास्ववीयू कैलालीले मन्त्री चौधरीको पुत्ला दहन गर्नुको साथै कालोझण्डा देखाएको थियो । असंबैधानिक कु खारेज गर, सहिदको सपना मच्नि पाईन, प्रतिगामी सरकार मुर्दाबाद जस्ता नारा लगाउनुको साथै मन्त्री चौधरीको पुत्ला दहन गरीएको अनेरास्ववीयू कैलालीका सह संयोजक समिर जोशीले बताए ।

प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयू कैलालीलीका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा र पुत्ला दहन गरेका हुन् । अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री चौधरीलाई कालो झण्डा र पुत्ला दहन गरीएको घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु सभापति जिवन बिसीले बताए । संसद् विघटन भएपछि चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् ।साथै उनिहरुले नारा बाजी गर्दे मन्त्री चौधरीको पुत्ला समेत जलाएका छन् । उनि कैलाली क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्