ट्रकले ठक्कर दिँदा लमहीमा एक बृद्द गम्भीर घाईते



२३पौष,दाङ । दाङको लमहीमा ट्रकको ठक्कर बाट एक बृद्द गम्भीर घाईते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा पश्चिम बाट पुर्बतर्फ आउँदै गरेको ना ५ ख ५१६१ नम्बरको गाडीले बिहिवार दिउँसो साढे २ बजे ठक्कर दिएको हो । ट्रकको ठक्कर बाट कप्तानगञ्ज निवासी ८२ बर्षिय चेङ्ग्रा पुन मगर घाईते भएका छन ।

घाईतेको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । उनको लमही अस्पतालमा उपचार भईरहेको छ । गाडी र चालक वडा प्रहरी लमहीको नियन्तरणमा रहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्