सैघाली खबर
दाङ,२५ पुस
ईलाका प्रहरी कार्यालय तुलसीपुरले वितेको एक महिनामा ५५ वटा सवारीसाधनलाई नियणत्रणमा लिई कारबाही गरेको छ । डिएसपी प्रकास सापकाटा प्रमुखको रुपमा आएदेखी एक महिनामा ५५ सवारीका साधनहरु नियणत्रणमा लिन सफल भएको हो । जसबाट दुई लाख ७५ हजार राजश्व संकलन भएको छ ।
नियणत्रणमा लिई कारबाही गरिएका ४२ वटा ट्रयाक्टरबाट २ लाख ३० हजार , चार वटा जेसिजिबाट २५ हजार, नौं वटा टिप्परबाट २० हजार राजश्व संकलन भएको डिएसपी सापकोटाले बताए । उनका अनुसार तीन वटा जेसिबि र सात वटा टिप्परलाई आबश्यक कारबाहीका लागि जिल्लामा पठाईएको छ ।
त्यस्तै साथै गुण्डागर्दी तथा अपराधमा संलग्न ५० जनालाई पक्राउ गरि कानुन बमोजिम कारबाही गरिएको उनले बताए । साथै उनीहरुबाट तीन लाख २९ हजार रुपैंया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।